नेपाल सरकार, उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालय, जलश्रोत तथा सिंचाइ विभागको मातहत रही २०७२/३/३१ मा यस कार्यालयको गठन भएको थियो । २०७४ सालको राज्य पुनर्संरचनाको सिलसिलामा यस कार्यालय हालको लुम्बिनी प्रदेश, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको मातहतमा रही कार्य जिम्वेवारी तोकिएको छ । यस कार्यालयको साबिकमा रुपन्देही, नवलपरासी (पूर्व र पश्चिम समेत), पाल्पा, गुल्मी र स्याङ्जा समेत कार्यक्षेत्र रहेकोमा साबिकको कार्यक्षेत्र र कार्य जिम्वेवारीमा केहि हेरफेर गरि हालको कार्यक्षेत्र लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी (ब.सु.प), पाल्पा र गुल्मी गरि चार जिल्लाहरु रहेका छन् ।
भूमिगत जलश्रोतको अध्ययन अनुसन्धान तथा अन्वेषण गरि संभाव्यता पहिचान गर्ने, भूमिगत जलश्रोतको उपयोग गरि कृषि योग्य जमिनमा सिंचाइ उपलब्ध गराउने, भूमिगत जलश्रोतको अध्ययन तथा अनुसन्धान गर्ने, डिप ट्युववेल सिंचाइ प्रणाली निर्माण गर्ने, पावर ड्रिल स्यालो ट्युववेल सिंचाइ प्रणाली निर्माण गर्ने, पुराना प्रणालीको मर्मत सम्भार तथा व्यवस्थापन गर्ने कृषकहरुलाइ प्रणाली व्यवस्थापनमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने लगाएतका कार्य यस कार्यालयले गर्दै आएको छ ।